NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

चितवनमा ५२ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ । निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ मा भरतपुर अस्पताल पुगेका उनको सोही दिन नमूना परीक्षण गर्दा कारोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए । उनको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको उनले बताए । जिल्लामा हालसम्म ६ हजार ९७९ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले जिल्लामा ६८ जना सक्रिय सङ्क्रमित छन् । तीमध्ये सात अस्पतालमा र ६१ जना होम आइसोलेसनमा छन् । (रासस)

ताजा अपडेट

नेपालवाच विशेष