NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

चारैतर्फ चिता नै चिता !

काठमाडौं । एक वर्षको सन्त्रासबीच करिब–करिब नियन्त्रणमा आउन लागिसकेको कोरोना भाइरसको महामारी फेरि एकाएक कहर बन्दै गइको छ । अहिले सबैभन्दा बढी प्रभावित भारत बनेको छ । जहाँ दैनिक लाखौंको संख्यामा कोरोना संक्रमितहरु भेटिन लागेका छन् । सबैभन्दा बढी भारतको मध्यप्रदेश प्रभावित बनेको छ । सरकारले भोपालपछि ग्वालियरमा सात दिने लकडाउन लगाउने निर्णय गरेको छ । ग्वालियरमा १५ अप्रिल बिहान ६ बजेदेखि अप्रिल २२ सम्म लकडाउन रहनेछ । संक्रमितको संख्या बढ्न थालेसँगै राज्यमा दैनिक अत्यावश्यक शंसाधनको कमी हुन थालेको छ । इन्डोर, भोपाल, जबलपुर र ग्वालियरमा मशानघातमा अन्तिम संस्कारका लागि पनि पालो कुर्नुपर्ने अवस्था छ । एउटा चिता चिसो नहुँदै अर्को शवलाई अन्तिम संस्कार गर्न थालिएको छ । यी चार ठूला सहरमा गत २४ घण्टाको अवधिमा करिब ४१ हजार एकसय ३६ नयाँ संक्रमित भेटिएका छन् । जहाँ २१ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी इन्डोरमा १५ हजार ५ सय ५२ नयाँ संक्रमित भेटिए भने ६ जनाको मृत्यु भएको छ । यस्तै, भोपालमा १४ हजार चारसय ५६ नयाँ संक्रमित फेला परेका छन् भने पाँच जनाको मृत्यु भएको छ । ग्वालियरमा भने ५७७ नयाँ संक्रमित भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ । ग्यालियरमा संक्रमणदर सबैभन्दा बढी ३३ प्रतिशत, भोपालमा २८ प्रतिशत छ । जबलपुरको चौहानी मसानघाटमा सोमबार ३० कोरोना संक्रमितको शवको अन्त्येष्टि गरिएको छ । प्रशासनका अनुसार दुई दिनमा ८ जनाको मृत्यु भएको छ । साथै दुई संन्दिग्ध कोरोना संक्रमितको अन्तिम संस्कार गरिएको छ । कैयौं शव मेडिकल कलेजसमेत निजी अस्पतालमै राख्नु परेको छ । मोक्ष संस्थाका आशीष ठाकुरका अनुसार एक चिता जलाइसकेपछि अर्को शव राख्नका लागि चिता सेलाउन आवश्यक हुन्छ । तर, चौहानी मसानमा एक चिताको आगो ननिभ्दै अर्को चिता सजाउनु आवश्यक परेको छ । भोपालको भदभदा विश्राम घाटको पनि यही अवस्था छ । सोमबार यहाँ ४१ संक्रमितको शव पुगेको थियो । शव जलाउनका लागि ठाउँ नै थिएन । जल्दै गरेको चिताको नजिकै अर्को चिता सजाइएको थियो । इन्डोरका पाँच मसानमा १२ दिनको अवधिमा ९९० शव अन्त्येष्टि गरिएको छ । जसमा ३१९ कोरोना संक्रमित थिए । यहाँ पनि अन्तिम संस्कारका लागि पालो कुर्नुपर्ने बाध्यता छ । यस्तै जबलपुरमा कर्फ्यू र लकडाउन लगाए पनि कुनै फाइदा भएको छैन । सोमबार पाँचसय ५२ नयाँ संक्रमित फेला परेका थिए । जहाँ चार जनाको मृत्यु भयो । तर, चौहानी मसानघाटको अवस्था भने अलगै थियो । यहाँ शव जलाउनका लागि ठाउँ पनि थिएन । मानिसहरुलाई शव जलाउन घण्टौं पालो कुर्नुपरेको थियो । सोमबार मात्रै यहाँ ३० संक्रमितको शव जलाइएको थियो । एजेन्सी

ताजा अपडेट

नेपालवाच विशेष