NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

पहिलो चरणको खोप लगाएकालाई बैशाख ७ गतेदेखि दोस्रो डोज

काठमाडौं । पहिलो चरणमा खोप लगाएकालाई दोस्रो डोज लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै पहिलो चरणमा खोप लगाएकाहरुलाई दोस्रो डोज यही वैशाख ७ गतेदेखि दिइने जनाएको छ । मन्त्रालयले जारी गरेको तालिकाअनुसार दोस्रो चरणको खोप बैशाख ७ गतेदेखि ११ गतेसम्म लगाइनेछ । यसअघि माघ १४ गतेदेखि फागुन १० गतेसम्ममा पहिलो चरणको खोप लगाएकाहरूलाई दोस्रो चरणको खोप लगाउन लागेको हो । यस्तै मन्त्रालयले दोस्रो चरणको खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लिएर जान सुझाव दिएकाे छ ।

ताजा अपडेट

नेपालवाच विशेष