NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

करेन्ट लागेर दैलेखमा एक जनाको मृत्यु

दैलेख । दैलेखकको गुराँस गाउँपालिका वडा नम्बर ५ को राउटे गल्छीना नजिक करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युत्को तार तान्ने क्रममा करेन्ट प्रवाह हुँदा उनको पोलमै करेन्ट लागेर निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले बताए । विद्युत पोलमा तार खिचिरहेको अवस्थामा करेन्ट प्रवाह हुँदा एक जनाको निधन भएको हाे । अहिले त्यहाँ प्रहरीले सम्पर्क गरिरहेको र प्राविधिक ल्याएर शव झारेपछि मात्रै मृत्यु हुने व्यक्ति को हुन भन्ने खुल्ने उनले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष