NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

भारतीय दूतावास अगाडि नयाँ पत्रिकाका पत्रकार कुटिएकोमा प्रेस युनियनको भत्र्सना

काठमाडौं । समाचार संकलनका क्रममा नयाँ पत्रिकाका संवाददाता केदार दाहाललाई प्रहरीले कुटपिट गरेको घटनाप्रति नेपाल प्रेस युनियन काठमाडौं शाखाले भत्र्सना गरेको छ । अध्यक्ष जगन्नाथ दुलालले विज्ञप्ति जारी गर्दै दाहालमाथि प्रहरीले गरेको ज्यादती पत्रकारमाथि आक्रमण मात्र नभई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएका छन् । ‘पत्रकार दाहालमाथि समाचार संकलनका क्रममा नेपाल प्रहरीले गरेको ज्यादती एउटा पत्रकार माथिको आक्रमण मात्र नभएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो भन्ने ठहर छ । नेपाल प्रेस युनियन काठमाडौं शाखा समाचार संकलनमा अवरोध गर्ने र पत्रकारमाथी दुव्र्यवहार गर्ने प्रहरी माथि तत्काल छानविन गरी कडा कारबाहीको माग गर्दछ’ विज्ञप्तिमा उल्लेख छ, ‘पत्रकारले सहज रुपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने अवस्था प्रत्याभूत गर्न नेपाल प्रेस युनियन सरकारको ध्यानाकर्षण गर्दछ । अन्यथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि जस्तोसुकै कडा अन्दोलनमा ओर्लिन तयार रहेको चेतावनी दिन चाहन्छौ ।’ नो अब्जेक्सन लेटर’ लिन उपस्थित भएका भारतीय नागरिकबारे समाचार सकंलनका क्रममा पत्रकार दाहाललाई प्रहरीले कुटपिट गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष