NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

२०७७ मा नयाँ किर्तिमान राख्दै बन्द भयो सेयर बजार

काठमाडाैँ । २०७७ सालमा कारोबार भएको अन्तिम दिन मंगलवार सेयर बजारले सुचकमा नयाँ किर्तिमान राखेर बन्द भएको छ । कोरोना माहामारीले सबै क्षेत्रमा थला पारेको यस वर्ष सेयर बजारमा नयाँ किर्तिमान राख्न सफल भएको छ । २०७७ सालमा सेयर कारोबार हुने आज अन्तिम दिन हो । यस दिन नेप्से सुचक २३ दशमलव २३ अंक बढेर २७ सय १४ दशमलव ७९ विन्दुमा बन्द भएको छ । यो विन्दु हालसम्मकै उच्च विन्दु हो । नेप्से सुचक सँगै कारोबार रकमले पनि साथ दिएको छ । यस दिन २०९ कम्पनीको १ करोड ४६ लाख ९१ हजार ६४३ कित्ता सेयरको ७ अर्व १४ करोड ३१ लाख बढीको सेयर कारोबार भएको छ । कारोबार भएको १३ उपसमुहको सुचकमा ६ वटा उपसमुहको सुचक मात्र बढेको छ । यस दिन लगानीकर्ताहरु वाणिज्य बैंक र विकास बैंकको सेयरमा बढी आकर्षित भएका छन् । पूँजीबजारको अधिंकाश हिस्सा ओगटेको वाणिज्य बैंकको सुचक २ दशमलव ३ प्रतिशत र विकास बैंकको १ दशमलव ७९ प्रतिशतले सुचक बढेपछि संमग्र सेयर बजार बढ्न सकेको छ । पाँच कम्पनीको सेयर मुल्य सर्किट लेभलमा २०७७ सालको अन्तिम कारोबार दिन पाँच कम्पनीको सेयर मुल्य सकारात्मक सर्किट लेभलमा रहेको छ । सफल मर्जरपछि कारोबार भएको एनआइसी एशिया लघुवित्त, माउण्टेन इनर्जी, ज्योति लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक र छ्याङदी हाइड्रोपावर कम्पनीको सेयर मुल्य सर्किट लेभलमा पुगेर बन्द भएको छ । यस दिन सेयर मुल्य घट्नेमा लघुवित्त कम्पनीहरु धेरै रहेको छ । ग्लोवल आइएमई लघुवित्त र लक्ष्मी लघुवित्तको सेयर मुल्य ४ प्रतिशत घटेको छ । कारोबारको आधारमा नबिल बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकको मात्र २८ करोड ६२ लाख माथिको सेयर खरीद विक्री भएको छ । त्यस्तै, नेपाल बैंक, एतनआइसी एशिया बैंक, नेफ्राको सबैभन्दा बढी कारोबार भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष