NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

देउवा–प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आपसमा भेट गरेका छन् । नेकपा एमाले नेतृत्वको सरकारको विकल्प खोजीरहेका दुवै पार्टीका कार्यकारी प्रमुखहरुको भेटवार्तामा अब बन्ने सत्तासमीकरणको विषयमा कुराकानी भएको बताइएको छ । महाराजगञ्जस्थित एक घरमा देउवा–प्रचण्डले भेटवार्ता गरेका हुन् । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन गरेको प्रस्तावमा माओवादी केन्द्रले सकारात्मक उत्तर दिइसकेको छ । देउवा–प्रचण्डबीच आजको यो भेटवार्तामा सोही बिन्दुबाट नेताद्वयले संवाद बढाएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष