NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

मेलम्चीको खानेपानी वितरणलाई सहज बनाउन विशेष कार्यदल गठन

काठमाडौं । सरकारले मेलम्ची आयोजनाको खानेपानी वितरणलाई उपभोक्तामुखी बनाउन विशेष कार्यदल गठन गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङ र खानेपानीमन्त्री मणि थापाको उपस्थितिमा दुई मन्त्रालयबीच संयुक्त बैठक बसी विशेष कार्यदल गठन गरिएको हो । खानेपानी वितरणका लागि ठाउँठाउँमा सडक खनेर पाइप मिलाउनुपर्ने भएकाले दुई मन्त्रालयबीच बैठक बसेर कार्यदल गठन भएको हो । मेलम्ची आयोजनामार्फत खानेपानी वितरणमा देखिएका विविध समस्यालाई तत्काल समाधान गर्न दुवै मन्त्रालयको प्रतिनिधि सम्मिलित ५ जनाको ‘विशेष कार्यदल’ गठन गरिएको भौतिक पूर्वाधार मन्त्रीका स्वकीय सचिव कल्पना वाइवाले जानकारी दिइन् । ‘मेलम्ची आयोजनाको खानेपानी वितरणका क्रममा देखा परेका र देखा पर्नसक्ने विभिन्न समस्याको समाधान गर्नका लागि यो कार्यदल गठन गरिएको हो,’ उनले भनिन् । यही चैत १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड( केयुकेएल)ले वितरण गर्दै आएका पुरानै पाइपबाट पानी पठाइँदा सबै उपभोक्ताका घरसम्म पानी पुग्न सकेको छैन । केयुकेएलले हालसम्म २ सयभन्दा बढी स्थानको पाइप फुटेकाले सडक भत्काएर मर्मत गरेको केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । ‘अहिले विभिन्न स्थानमा समस्या देखिएको छ । त्यसको मर्मतको लागि भर्खरै पीच गरेको सडकसमेत भत्का्रएर काम गर्नुपर्ने अवस्था छ,’ उनले भने । यसैबीच पाइपहरुमा देखिएको लिकेजको मर्मत, सडक खनेर पाइप व्यवस्थापन गर्ने र नयाँ वितरण प्रणालीलाई कसरी सहज बनाउने भन्ने विषयमा कार्यदलले काम सुरु गरेको दुवै मन्त्रालयले जानकारी दिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष