NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रले भने- मेची-महाकाली, देश बचाउने हाम्रो पाली

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले नयाँ वर्षको अवसरमा नेपालीहरुलाई शुभकामना व्यक्त गरेका छन् । नेपालीहरु फुटेर होइन, जुटेर शक्ति संरक्षणमा लाग्नुपर्ने उनले शन्देशमार्फत भनेका छन् । पूर्वराजाले शुभकामना सन्देशमा राजनीतिक विषय समेटेका छैनन् । उनले देशमा एकता र समृद्धिको कामना गरेका छन् । ‘एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ,’ पूर्वराजाको सन्देशमा उल्लेख छ,‘ ‘हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले हेर्ने बेला होइन । सबैको एउटै उद्देश्य र एउटै कामना हुनुपर्छ ।’ पहिले देश, अनि मात्र आफू भन्न भावना हुनुपर्ने उनले बताएका छन् । ‘हामीले कर्तव्य पूरा गर्‍यौं भने हामी उठ्छौं । निषेध र प्रतिशोधको चक्रब्यूबाट बाहिर आउनैपर्छ,’ सन्देशमार्फत उनले भनेका छन्, ‘मेची महाकाली–देश बचाउने हाम्रो पाली । नेपाल हाम्रो पहिचान हो– सानतन हाम्रो संस्कार हो । न जाति न भाषा– सबै नेपालीको एउटै आशा ।’

ताजा अपडेट

नेपालवाच विशेष