NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

नयाँ वर्षले सकारात्मक चिन्तनको विकास गर्नेछ : उपाध्यक्ष शशीकला दाहाल

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालले नयाँ वर्षको आगमनसँगै हामी सबैमा सकारात्मक चिन्तन पद्धतिको विकास होस् र समृद्धिको बाटोतर्फ लम्किन सफलता मिलोस् भन्ने कामना गरेकी छिन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश मार्फत उनले २०७७ साल समग्रमा हाम्रा लागि त्यति सुखद् हुन नसकेको विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को सामना गर्नुपरे पनि आगामी वर्ष सुखद् रहने विश्वास व्यक्त गरेकी छिन् । नयाँ सालले नेपालीबीच आपसी सद्भाव, समझदारी र सहयोगी भावना फैलाउन, राजनीतिक इमान्दारिता र नैतिकतासहितको सक्षम नेतृत्व विकास गर्न प्रेरणा दिने उपाध्यक्षको विश्वास छ । उनले लोकतन्त्र, स्वाधीनता एवं राष्ट्रिय एकतालाई मजबुद बनाउँदै अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस्, भन्ने कामनासमेत गरेकी छिन् ।

ताजा अपडेट

नेपालवाच विशेष